विद्युतीय सवारी प्रयोगमा प्रोत्साहन गर्न भारतमा वृहत् ईभी एक्स्पो

भारतको कोलकातामा विद्युतीय सवारी साधनसम्बन्धी जनचेतना जगाउन ईभी एक्स्पो आयोजना गरिएको छ । शुक्रबारदेखि सुरू भएकाे एक्स्पाेले वातावरणमैत्री सवारीसाधनको प्रयोगमा थप प्राेत्साहन पुग्ने विश्वास लिइएकाे छ ।

विद्युतीय सवारी साधन’bout आमजनमानसमा रहेको शंका, उपशंका हटाउन एक्स्पाेबाट मद्धत पुग्ने आयोजककाे अपेक्षा छ । तीन दिनसम्म चल्ने एक्स्पाेमा अत्याधुनिक प्रविधियुक्त एवम् प्रदूषणमुक्त दुई, तीन र चार पांग्रे विद्युतीय सवारी साधन र सवारी साधनका पार्टपूर्जा, चार्जिङ सोलुसन तथा अन्य प्रविधिहरु राखिएकाे छ ।

एक्स्पाेमा ईभी र्‍याली समेत आयोजना गरिएको छ, जसले भारतीय बजारमा चल्ने विद्युतीय सवारी साधनको अधिकतम सङ्ख्या तथा विद्युतीय सवारी साधनमा यात्रा गर्ने व्यक्तिको संख्या समावेश गरी दुई वटा लिम्का बुक अफ रेकर्डस ईभीएसको श्रेणीमा राख्ने लक्ष्य राखिएको छ ।

उक्त र्‍यालीमा ८०० यात्रुसहित २० विद्युतीय बस, ७२० विद्युतीय सवारी चालक, दुई हजार यात्रुसहित ३०० ई-रिक्सा, ४०० यात्रुसहित १०० विद्युतीय कारको सहभागिता रहने छ ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like