घुस लिएको आरोपमा युरोपेली संसदका चार सांसद पक्राउ

चार शंकास्पद युरोपेली सांसदहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

यस घटनामा अनुशन्धानकर्ताहरुले खाडी मुलुकले घुस दिएर युरोपेली संसदको निर्णयमा प्रभाव पार्न खोजेको बताएका छन् । खाडी मुलुक कतार यसमा संलग्न भएको भन्ने कतार सरकारले खण्डन गरेको छ ।कतारमा जारी विश्व कप फुटबलको सन्दर्भमा युरोपेली संसदको १४ उपाध्यक्षमध्ये एक ईभा कायलीलाई हिरासतमा लिइएको छ ।

युरोपेली संसदमा समाजवादी र लोकतान्त्रिक समूह छन् भने ईभा कायली ग्रिक वाम झुकाव पासोक दलबाट निष्काशित भएकी छन् । युरोपेली संसदको अध्यक्ष रोबेता मेत्सोला गृह देश माल्टबाट शनिबार ब्रसेल्स्‌ आएर सांसदहरुको छानबिनको प्रक्रियामा आफैं साक्षी भइन् । शुक्रबार भने बेल्जियम प्रहरीले १६ छापामारीका क्रममा ६ लाख युरो बरामद गरेको छ ।

ईभा कायलीले पश्चिम एसियाको जिम्मेवारीमा विश्व कप आयोजक कतारको पक्षमा गएको महिना श्रमिक अधिकारको अग्रमोर्चामा रहेको बताईकी थिईन् । कतारले काफाला, धेरैजसो खाडी मुलुकहरुमा दासत्व जस्तै एउटा कानूनी संरचनाको खारेज गरेको सन्दर्भमा आएको उनको टिप्पणी हो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like