बञ्चरो प्रहार गरेर श्रीमतीको हत्या

समाचार शेयर गर्नुहोस्

धनुषामा बञ्चरो प्रहारबाट एक महिलाको मृत्यु भएको छ। धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरकी सीता यादवको बञ्चरो प्रहारबाट मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सीता वीरेन्द्र यादवको २८ वर्षीय हुन्।

आइतबार रात्रिकालीन समय ११ बजे धरिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ। प्रहरी श्रोतका अनुसार बञ्चरोले मुखमा प्रहार गरी मारिएको छ।

बञ्चरोको प्रहार भारी हुने र मुखमा प्रहार गर्दा क्षतविक्षत भएको अवस्थामा अस्पतालमा उपचार गराउन ल्याउदा प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछ।

घरमा सुतिरहेको अवस्थामा परिवारका सदस्य वा कसैले बञ्चरो हानेको घटनाबारे राति नै अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

उनले भने, ‘घटनास्थलमा प्रहरीको टोली परिचालन भइसकेको छ, अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएका छौं, अनुसन्धान हुदैछ।’

बञ्चरो प्रहारपछि जनकपुरधामस्थित काव्या हस्पिटलमा उपचार गराउन ल्याउँदा अस्पतालले मृत घोषित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको