अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

समाचार शेयर गर्नुहोस्

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । हिजो (आइतार) उनीहरुबीच भेटवार्ता भएको ओलीको चिवालयले जनाएको छ ।

कांग्रेस नेता केसी ओली निवास बालकोट पुगेरै भेटवार्ता गरेका छन् । ओलीको निमन्त्रणामा उनी हिजो साँझ बालकोट पुगेका हुन् । यी दुईको भेटका क्रममा समसामयिक राजनीतिक घटनाक्रमबारे करिब २ घण्टा छलफल भएको बताइएको छ ।

छलफलमा जनजीविकाको सवाल सामूहिकरुपमा समाधान गर्ने र नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरुबीचको एकतालगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको