पाकिस्तान–तालिबानबीच तनाव बढ्यो, गोलीबारीमा ६ पाकिस्तानी मारिए

पाकिस्तान र अफगानिस्तानबीच बलुचिस्तान–कन्दाहार सीमामा आइतबार दिउँसो भएको गोली हानाहानमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

यस हमलापछि जारी एक विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको सुरक्षा बलमाथि बिना उत्तेजना नै हमला गरेको आरोप लगाएको छ ।पाकिस्तानी सेनाले यो पनि बताएको छ कि यो हमलामा अफगानिस्तानको सुरक्षाबलले आर्टिलरी र गोला–बारुदको प्रयोग गरेपछि पाकिस्तानी सीमा सुरक्षा बलको तर्फबाट जवाफी कारवाही गरिएको छ

समाचार एजेन्सी रोयटर्सका अनुसार कान्दाहारका प्रहरी प्रवक्ता हाफिज साबेरले यस हमलामा एक अफगान सैनिकको पनि मृत्यु भएको र तीन सर्वसाधारणसहित अन्य १० जना घाइते भएको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले ट्वीट गर्दै भनेका छन्, ‘अफगान सीमा बलको अनावश्यक गोलीबारीका कारण चमनमा धेरै पाकिस्तानीहरू मारिएका छन् र एक दर्जनभन्दा बढी घाइते भएका छन् । यो दुर्भाग्यपूर्ण छ र म यसको घोर भर्त्सना गर्दछु । अफगानिस्तानको अन्तरिम सरकारले यस्तो घटना दोहोरिन नदिन सुनिश्चित गर्नुपर्छ ।’

अफगान सरकारका एक अधिकारी नूर अहमदले दुई पक्षबीचको वार्तापछि घटनास्थलको अवस्था सामान्य भएको बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like