२२ कार्टुन गाँजा बोकेको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा, चालक फरार

पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ काे ठुटेखोला ईलाकाबाट सशस्त्र प्रहरीले ठूलाे मात्रामा लागूपदार्थ गाँजासहित एक ट्रक नियन्त्रणमा लिएकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले हिजाे करीब ३ सय ६३ किलाे गाँजा र गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको हाे । मकवानपुरको हेटौंडाबाट पर्साको विजयबस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रक नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार ट्रकमा फल्स वटन प्रयाेग गरेर २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । ट्रकका चालक भने प्रहरीलाई देख्नासाथ ट्रक त्यही ठाउँमा छाडेर फरार भएकाे प्रहरीले जनाएकाे छ ।

बरामद गाँजा तथा ट्रकलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like