क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिना लुसेल रंगशालामा मंगलबार क्रोएसियामाथि ३–० को सानदार जित निकाल्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो । चार वर्षअघिको उपविजेता क्रोएसियाविरुद्ध मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि जुलियन अलभारेजले दुई गोल गर्दै अर्जेन्टिनालाई ८ वर्षपछि फाइनलमा पुर्याएका हुन् ।
स्ट्राइकर अलभारेजलाई गोलकिपर डोमिनिक लिभाकोभिचले फल गरेपछि अर्जेन्टिनाले ३४ औं मिनेटमा पेनाल्टी पाएको थियो । त्यसमा मेसीले सहजै गोल गरेपछि अर्जेन्टिना अगाडि बढ्यो । यससँगै मेसीले प्रतियोगितामा सर्बाधिक ५ गोल गरेका फ्रान्सका किलियन एम्बाप्पेको गोल संख्यालाई बराबरी गरेका छन् । उनी विश्वकपमा सबभन्दा बढी ११ गोल गर्ने अर्जेन्टिनी खेलाडी भए ।
पाँच मिनेटपछि उनैले टिमको अग्रता दोब्बर बनाए र मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरे । दोस्रो हाफमा सम्भव भएको तेस्रो गोल तुलनात्मक रुपमा अल्भारेजका लागि सहज थियो । ’cause मेस्सीले क्रोएसियाका सबैभन्दा उत्कृष्ट डिफेण्डरलाई विट गरी ब्याकपास दिएका थिए । उनले गोललाइन नजिकैबाट सहजै लक्ष्य भेट्टाए ।