एक महिनाभित्रै गठबन्धनकाे सरकार बन्ने प्रचण्डकाे दावी

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्रै सरकार गठन हुन‍े दावी गरेका छन्।

गठबन्धन सरकारले नै निरन्तरता पाउने उनकाे भनाइ छ।बुधबार पोखरामा केन्द्रीय सदस्य र प्रदेश कमिटीका पदाधिकारीसँगको बैठकमा उनले अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्ने बताए।

माओवादीले २५ सिटमा जित हासिल गर्नुपर्ने भएपनि कांग्रेस पूर्णरूपमा इमान्दार नहुदाँ कम सिट प्राप्त गरेको प्रचण्डकाे भनाइ छ।

हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसले पूर्ण रूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने।

उनले गण्डकी प्रदेशको माओवादीले पाउनपर्ने माग गठबन्धनमा राखेको बताएका छन्।

प्रचण्ड कास्कीको अन्नपूर्ण गाउँपालिका- १ नागडाँडास्थित महेन्द्र आधारभूत विद्यालयको कार्यक्रममा सहभागी हुन आएका थिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like