विश्वकप फुटबलकाे दाेस्राे सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

कतारमा जारी २२औं फिफा विश्वकप फुटबलमा अर्जेन्टिनासँग फाइनल खेल्ने टोलीको टुंगो आज लाग्नेछ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को भिड्नेछन्।

साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ। फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो।

मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रसमेत हो।

यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। विजेताले क्रोयसियालाई ३–० ले पराजित गरेर फाइनल पुगेको अर्जेन्टिनासँग उपाधिका लागि भिड्नेछ।

उपाधिका लागि आगामी आइतबार राति पौने ९ बजे प्रतिस्पर्धा हुनेछ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like