काठमाण्डौको पहिलो निर्वाचित प्रधानपन्च कमल चित्रकारकाे मृत्यृ,श्रद्धान्जली दिन प्रधानमन्त्री शवगृहमा

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पशुपति आर्यघाट पुग्नुभएको छ ।

उहाँ केही बेरअघि काठमाडौं महानगरपालिका–८ स्थित पशुपति विद्युतीय  शवदाहगृह पुग्नुको कारण श्रध्दान्जली चढाउन हो ।

नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारलाई अन्तिम श्रद्धान्जली दिनका लागि प्रधानमन्त्री देउवा त्यता जानुभएको बताइन्छ ।

कांग्रेसका पुराना नेता ८६ बर्षीय चित्रकारको अस्ति मंसिर २७ गते प्राणान्त भएको हो । बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेलादेखि नै उहाँ तरुण दलको महामन्त्री हुनुहुन्थ्यो । पछि पन्चायत प्रवेश गरेर काठमाण्डौको पहिलो निर्वाचित प्रधानपन्च पनि हुनुभयो । संयोगवस अहिले काठमाण्डौ महानगरपालिकाको बार्षिकोत्सव चलिरहेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like