राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिए

समाचार शेयर गर्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार उनले राजीनामा दिएको जानकारी दिएकाे हाे । साथै सो राजीनामा क्यानले स्वीकृतसमेत गरिसकेको छ ।तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । उनीसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, नेपाली टोलीले लगातार खराव प्रदर्शन गरेपछि उनले पद छाडेका हुन् ।

नामिवियामा हालै सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन बनेपछि प्रभाकर भारत फर्किएका थिए । त्यसपछि उनले आजबाटै लागू हुनेगरी पदबाट विदा भएको औपचारीक जानकारी दिएका हुन् ।

प्रभाकरको नेतृत्वमा सात ओडिआई खेल खेल्दा नेपाल पाँचमा पराजित हुँदा दुई खेलमा विजयी भएको थियो । अत्यावश्यक रहेकाे त्रिकोणात्मक शृंखला गुमाएपनि अघिल्लो महिना नेपालले युएईसँगको तीन ओडिआई खेलको सिरिज भने २-१ ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *