राजनीतिक बेथितिकाे अन्त्य गर्नेछाैँ प्रदिप पाैडेल

समाचार शेयर गर्नुहोस्

नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरू खोल्न जरुरी रहेको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए।

आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे।

निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने नेता पाैडेलकाे भनाइ छ।

उनले आफ्नो विजयीलाई एउटा अवसरको रूपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरू पूरा गर्ने बताए।

नेता पौडेलले भने, ‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ। हामीले ५ वर्षभित्र पूरा गरेर देखाउनेछौँ। यो असाध्यै चुनाैतीपूर्ण छ। हामीले मत प्राप्त गर्‍याैँ, अब मन जित्न जरुरी छ। जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनूहोला। तपाईंहरूको नै साथ चाहिन्छ। हामीले भनेका कुरा पूरा गर्न जरुरी छ। हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ। राजनीतिक बेथितिको अन्त्य गर्नेछौँ। स्थानीय समस्या समाधान गर्नेछौँ। उत्पादनमूलक उद्योगहरू खोल्न जरुरी छ। परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ। आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ।’

उनले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिवद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको