स्थानीय तहको काम पारदर्शी र परिणाममुखी हुनुपर्ने प्रधानमन्त्री देउवाकाे जाेड

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।

सर्वसाधारणको नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै बढी जिम्मेवा, परिणाममुखी र जवाफदेही हुनुपर्ने धारणा राखेका हुन् ।

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको स्मरण गरे ।

‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ’ उनले भने, ‘नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी, परिणाममुखी र नागरिक जवाफदेही हुनुपर्छ ।’

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like