बारामा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

बाराको निजगढ नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

मोटरसाइकल चालक रौतहटको गुजरा नगरपालिका सिम्रिकका २६ वर्षीय भुवन पहाडी र त्यसमै पछाडि सवार २७ वर्षीय रितबहादुर राईको मृत्यु भएको हो । उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको जनाइएको छ

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन् । उनको निजगढस्थित प्रसूति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

हिजो बेलुका करिब ७ बजे प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको ट्रकमा ठोक्किएको थियो । दुवै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like