स्थानीय तहलाई आत्मनिर्भर बनाउनु पर्नेमा प्रधानमन्त्री देउवाको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा नेपाल नगरपालीका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने तहबाट स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रुपमा पूरा गर्नुपर्ने उनको धारणा छ । प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चुस्त, पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने बताए । उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने बताए ।

मुलुकको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय तह गम्भीर हुनुपर्नेमा उनको जोड छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like