संसदीय दलको एकल उम्मेदवारमा सहमति जुटाउन कांग्रेस संस्थापन इतर पक्षको बैठक आज पनि बस्ने भएको छ।
सोमबार दिनभर भएका छलफलमा सहमति नजुटेपछि पुनः छलफल गर्न लागेको सहमहामन्त्री जीवन परियारले बताए। संस्थापन इतर समूहमा नेता शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको नेता आकांक्षी छन्।
दुवै जनाले दलको नेतामा उम्मेदवारी दिने तयारी थालेपछि उपसभापति धनराज गुरुङले सहमतिका लागि छलफल थालेका हुन्। दुवैले अडान राखेपछि सोमबारको छलफल स्थगित भएको थियो।