नारायणगढ मुग्लिन सडक खण्डमा भोलिदेखि १ महिना दैनिक चार घण्टा सवारी आवागमन रोकिने

समाचार शेयर गर्नुहोस्

नारायणगढ मुग्लिन सडक खण्डमा भोलि ५ गते देखि १ महिना दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ। भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रक्वता विजयराज पण्डितले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *