एमालेका नवनिर्वाचित सांसदको भेला बस्दै, ओलीले सम्बोधन गर्ने

समाचार शेयर गर्नुहोस्

नेकपा एमालेका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला बस्दैछ ।आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेको भेला बस्न लागेको हो । पार्टीले संघीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराउने एमालेले जनाएको छ ।

भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् ।

भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । ४ मंसिरमा सम्पन्न निर्वाचनमा एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिक ३४ गरी कुल ७८ सिट जितेको छ ।

प्रदेशमा एमालेले प्रत्यक्षमा ९१ र समानुपातिकतर्फ ७० सिट प्राप्त गरेको छ । ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको