एलन मस्कले गरे ट्वीटरको सिईओ पदबाट राजीनामा घोषणा

समाचार शेयर गर्नुहोस्

ट्वीटरका सिईयो एलन मस्कले आफू अब सीईयो पद छाड्ने  गर्ने अवस्थामा पुगेको घोषणा गरेका छन्। उनले ट्वीट गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले यस कामका लागि कोही पाएपछि आफू अलग हुने उनले घोषणा गरेका छन्। उनले आफू सफ्टवेयर र सर्वर टीमका साथमात्र काम गर्ने लेखेका छन् । उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठीक होला कि, नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए।
त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए। हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो। अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सिईओ पदबाट राजीनामा दिने बताएका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको