रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज,

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेको उम्मेदवारी गैरकानूनी भएको दावीसहित सपथ नगराउन परेको रिटमा आज सुनुवाइ हुँदैछ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित पाँच जनाको  संवैधानिक इजलासमा बुधबार पेशी तोकिएको हो।

रिट सुनुवाइको १४औं नम्बरमा पर्दा बुधबार सुनुवाइ हुने सम्भावना भने न्यून देखिन्छ।

चितवन–२ बाट निर्वाचित लामिछानेको नागरिकता निस्क्रिय रहेकाले उनको उम्मेदवारीदेखि दलको सभापति पदसमेत अवैध भएको दाबी गर्दै युवराज पौडेलहितका ३ जनाले छुट्टाछुट्टै २ रिट दायर गरेका थिए।

लामिछानेलाई सपथ नगराउन र सांसद्को रूपमा काम गर्न नदिन समेत माग गरिएको रिटमा सुनुवाइ भएर कुनै आदेश नआए रविले सांसद्को शपथग्रहण गर्नेछन्।

बिहीबार प्रतिनिधि सभामा सांसदहरूको सपथ कार्यक्रम रहेको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like