रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका-६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका-२ का २६ वर्षीय वृजेश थारूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल बुधबार बिहान पौने २ बजे दुर्घटनामा परेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको