नवनिर्वाचित सांसद डा.ताेसिमा कार्कीले राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रूपमा सामाजिक कामका लागि उपयाेग गर्ने घाेषणा गरेकी छन्।
ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद कार्कीले सामाजिक सञ्जालमार्फत् यस्ताे घाेषणा गरेकी हुन्।
यस कामकाे सुरुवात निशुल्क महिनावारी सामग्री अभियानबाट गर्ने उनकाे भनाइ छ।
यसैगरी ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरूमा महिला छात्राहरूका निम्ति नि:शुल्क सानिटरी प्याड वितरणका लागि नपुगेका ठाउँमा काेषबाट दिने सांसद कार्कीले घाेषणा गरेकी छन्