काठमाडौँ :-
राष्ट्रिय स्वतन्त्र पार्टी का अध्यक्ष रबि लामिछाने ले पार्टी गठन गरेको ६ महिनामै चुनावबाट प्रत्यक्ष ७ सिट सहित २० सिटको हैसियत बनाएको थियो । माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड लाई सरकार मा साथ दिए संगै रबि लामिछाने को राजनीतिक छलाङ्ग ह्वात्तै बढेको छ ।
आफु बिरुद्ध नागरिकता को मुद्दा चलिरहदा उनले उपप्रधान सहित गृह मन्त्रालय को कमाण्ड सम्हालेका छन् । पार्टी खोलेको छोटो समयमै रविको यो राजनीतिक छलाङ्ग नेपालमै एतिहासिक रहेको बिज्ञ हरु बताउँछन् ।
पद तथा गोपनीयताको शपथ लिए सँगै निर्मला हत्याकाण्ड सुल्झाउने पहिलो निर्णय गरेर आफ्नो मन्त्रालय को कमाण्डीङ्ग सुरुवात गरेका छन् ।