काठमाडौँ :-
दौरा सुरुवाल नेपाली राष्ट्रिय पोशाक हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यस्तो कुनै जात बिषेश ले लगाउने पोशाक राष्ट्रिय पोशाक हुदैन भन्दै दौरा सुरुवाल लाई राष्ट्रिय पोशाक बाट खारेज गरे ।
सत्ता वाहिर पुगेपछि उनैले दौरा सुरुवाल लगाएर यो राष्ट्रिय पोशाक हो भन्ने अवस्थामा पुगे र लगाए पनि ।
उस्तै प्रकारको इतिहास छ माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड को पनि पुजिपति र भेजिलान्तेले लगाउने पोशाक हो भनेर नेपालमा राष्ट्रिय पोशाक बिरुद्ध बिद्वेष फैलाउन मद्दत गरेका प्रचण्ड तेस्रो पटक मुलुकको ४४ औ प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण मा भने दौरा सुरुवाल मा ठाँटिएर गए उनको यो राष्ट्रिय पोशाक प्रतिको परिवर्तित धारणाले नेपाली पोशाकको थप महत्व बढाइदिएको छ ।