फुटबल को एउटा जिउँदो इतिहास ढल्यो।

समाचार शेयर गर्नुहोस्

काठमाडौँ

पेले बिस्व फुटबल का लागि अत्यन्त चिरपरिचित नाम हो । फुटबलका पिता सम्राट भनेर पनि उनलाई चिनिन्छ । उनको पुरा नाम एडसन् अरान्ते दो नासिमन्तो हो  ।

सन् १९४० मा जन्मिएका महान खेलाडी आज बिहान उपचारको क्रममा दिवगंत हुनु भएको उनकै छोरी ले सामाजिक सञ्जालमा पुष्टी गरेकी छिन् ।

गरिब परिवारमा जन्मेर झुम्राको बल खेल्दै आफ्नो देश ब्राजिललाई ३ पटक सम्म बिस्व कप जिताउने र सर्वाधिक पदक पाउने महान खेलाडी हुन पेले ।

उनको ८२ बर्षको उमेरमा निधन भएको हो । उनको निधनले बिस्व फुटबल प्रेमी हरु मर्माहत भएका छन् । स्वर्गीय स्टार खेलाडी लाई हार्दिक श्रद्धाञ्जली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको