कम्बोडिया आगलागीमा मृत्यु भएका पाण्डेको शव यथाशिघ्र ल्याउन प्रधानमन्त्रीको निर्देशन

समाचार शेयर गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक होटलमा आगलागीमा परि १९ जनाको मृत्यु भएको घटनाप्रति दुखः व्यक्त गरेका छन् ।

उनले उक्त घटनामा झापाको बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डेको मृत्यु भएकोप्रति गहिरो दुख् व्यक्त गर्दै समवेदनासमेत प्रकट गरेका छन् ।

‘प्रधानमन्त्रीले पाण्डेका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ,’ प्रधानमन्त्रीका संयोजक सूर्यकिरण शर्माले बताए ।

त्यस्तैगरी प्रधानमन्त्रीले मुख्यसचिवलाई मृतक पाण्डेको शव नेपाल ल्याउन जतिसक्दो चाँडो सहजीकरण गर्न पनि निर्देशन दिएका छन् ।

आगलागी भइरहेको होटलको १२ तल्लामा रहेका पाण्डेले हामफाल्नु अघि आफ्ना परिवारलाई सम्बोधन गरेर भाइवर गरेका थिए । उक्त दुखद भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको