नेपालगञ्जमा ट्रकको ठक्करबाट दैलेखका दर्लामीको मृत्यु

समाचार शेयर गर्नुहोस्

ट्रकको ठक्करबाट बाँकेमा एकजनाको मृत्यु भएको छ। नेपालगन्जको न्यूरोडमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका– ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते दर्लामीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ। चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको