चौधौ चितवन महोत्सव हुदै

समाचार शेयर गर्नुहोस्

चितवन

चितवनको गौरब र गरिमामय प्रस्तुति चितवन महोत्सव यसपाली पनि हुने भएको छ ।  नेपालमै पहिलो पटक स्थानीय उत्पादन को बिक्री वितरण र प्रचार प्रसार गर्न उदेश्य ले स्थानीय क्षेत्रमा नै मेला गर्ने गरिएको हो ।

हाल देशभर प्रदर्शन हुने महोत्सव मेला हरु चितवन महोत्सव बाटै प्रभावित भएर गरिएको भन्ने गरिन्छ । आफ्नै स्थानीय उत्पादन को बजार र प्रचार प्रसार हुन नसकिरहेको अवस्थामा यस्ता मेला महोत्सव ले स्थानिय कृषक र साना उद्दमीहरुको बृद्धि विकासलाई टेवा पुराउने ठानिएको छ ।

गत बर्ष पनि चितवन मा महोत्सव भएको थियो कोरोना आतंकले गर्दा उक्त महोत्सव ४ दिन बेशि चल्न पाएन । तर यसपाली कोरोना केसेस न्युन मात्रामा देखिएको वा लगभग छैन जस्तो भएको अवस्थामा महोत्सव सुखद हिसाबले सम्पन्न हुने ठानिएको छ ।

पत्रीका विज्ञापन

चितवन महोत्सव पुस २५ देखि माघ ४ सम्म हुने चितवन महोत्सव आयोजन उधोग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको