धनुषाका पत्रकार शैलेन्द्र महतो (क्रान्ति)लाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाली कांग्रेस मधेश प्रदेशले आपत्ति जनाएको छ
गत आइतबार प्रदेश सभा सदस्यले शपथ लिने क्रममा समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई विदेह नगरपालिका प्रमुख बेचन दासले ज्यान मार्ने धम्की दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।
‘नगरपालिका प्रमुख जस्तो जिम्मेवार व्यक्तिले अनलाइन मिडियाकर्मी पत्रकार शैलेन्द्र (क्रान्ति)लाई ज्यान मार्ने धम्की दिनु दुर्भाग्यपुर्ण हो’, कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिने नगरपालिका प्रमुख दासलाई कारवाही गर्न माग गरेका छन्।