नेकपा एकीकृत समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ। काठमाडौंमा भएको पोलिटव्युरो बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टी प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए।
त्यसका लागि गठबन्धनमा आबद्ध दलहरू’bout पार्टीले अध्ययन अनुसन्धान गर्ने उनको भनाइ छ। ‘वर्तमान गठबन्धनको सरकारका ’boutमा हामीले बृहत् छलफल गर्यौं। सरकारमा सहभागी हुनुअघि आवश्यक विषयमा अध्ययन गर्नुपर्ने, छलफल र विचार विमर्श गर्नुपर्ने, सरकारले देश र जनताका हितका लागि के-कस्ता कार्यक्रम ल्याउन सक्छ र हाम्रो दलसँग उसको राजनीतिक सम्बन्ध के कस्तो रहनेछ यी विषयको अध्ययन अनुसन्धानपछि मात्र निर्णय गरिनेछ,’ सञ्चारकर्मीसँग खतिवडाले भने।
उनले सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको बताए। ‘सरकारका ’boutमा अझै धेरै कुरा बुझ्नुपर्ने भएकाले त्यसको अन्तिम निर्णय गर्नका लागि सचिवालयलाई अधिकार प्रदान गरेको छ। आवश्यक अध्ययन अनुसन्धानपछि सचिवालयले यस’bout निर्णय गर्नेछ,’ उनले भने।
त्यस्तै सरकारमा सहभागी हुने विषयमा औपचारिक प्रस्ताव अहिलेसम्म नआएको उनले बताए। ‘देशमा गठबन्धनको सरकार बनेको छ। यो सरकारप्रति हाम्रो नकारात्मक धारणा छैन। तर औपचारिकरूपमा सरकारमा सहभागी हुने विषयमा हामीलाई कुनै प्रस्ताव आएको छैन,’ उनले भने।