सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै कांग्रेस

 नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

पत्रकार सम्मलेनमा समसामयिक राजनीति विषय र निर्वाचनमा खटिएका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिइने प्रवक्ता महतले जानकारी दिए। कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गत पुस १० गते सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएका थिए। सरकारबाट बाहिरिए पनि उनले पत्रकार सम्मेलन गरेका थिएनन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग निर्वाचनसम्म गठबन्धन गरेको कांग्रेसले पुस १० गते गठबन्धन र सरकार दुवै गुमाउनुपरेको थियो।

गठबन्धन दल माओवादी केन्द्र सरकारमा छ भने कांग्रेस प्रतिपक्षमा पुगेको छ। सभापति देउवाले गठबन्धन जोगाउन नसकेको भन्दै कांग्रेसभित्र आलोचना भइरहेको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like