काठमाडौंको मित्रनगरस्थि गेस्ट हाउसमा ३४ वर्षीया महिला मृत फेला

समाचार शेयर गर्नुहोस्

काठमाडौंको मित्रनगरस्थित एक गेस्ट हाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

रोल्पाको मागदी गाउँपालिका–७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा मृत फेला परेकी हुन्। उनी सुतेकै अवस्थामा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पुन विगत ३ दिनदेखि उक्त गेस्ट हाउसमा बस्दै आएकी थिइन्। पुनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको