पाँचथरमा आगलागीमा परी दुईजनाको मृत्यु भएको छ । यसबाहेक विभिन्न स्थानमा आगलागी हुँदा एक करोड रुपैयाँबराबरको धनमाल क्षति भएको छ ।
गए राति फिदिम नगरपालिका–८, घमाउनेटारका ५५ वर्षीय मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकै छोरी २२ वर्षीया ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिंह थेबेको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा घाइते भएका मेखबहादुरसहित दुईजनाको उपचार भइरहेको छ ।
सो आगलागीबाट घरसहित नगद, लत्ताकपडा, भाडावर्तन, अन्नपातलगायत सामान जलेर करिब ५० लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
मंगलबार राति नै महोत्तरीको गौशाला नगरपालिका–५, गौशाला बजारस्थित उपेन्द्र मण्डलको चाँदनी रेडिमेड कपडा पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा पसलमा रहेका सामान जलेर करिब ६ लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं । पाँचथरमा आगलागीमा परी दुईजनाको मृत्यु भएको छ । यसबाहेक विभिन्न स्थानमा आगलागी हुँदा एक करोड रुपैयाँबराबरको धनमाल क्षति भएको छ ।
गए राति फिदिम नगरपालिका–८, घमाउनेटारका ५५ वर्षीय मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकै छोरी २२ वर्षीया ममता गुरुङ र बुहारी २३ वर्षीया आसाङसिंह थेबेको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा घाइते भएका मेखबहादुरसहित दुईजनाको उपचार भइरहेको छ ।
सो आगलागीबाट घरसहित नगद, लत्ताकपडा, भाडावर्तन, अन्नपातलगायत सामान जलेर करिब ५० लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
मंगलबार राति नै महोत्तरीको गौशाला नगरपालिका–५, गौशाला बजारस्थित उपेन्द्र मण्डलको चाँदनी रेडिमेड कपडा पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा पसलमा रहेका सामान जलेर करिब ६ लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।
मंगलबारै राति काभ्रेको पनौती नगरपालिका–७, शान्तिनगर बगरस्थित हिमशिखर बाख्रा फार्ममा विद्युत् सर्ट भई आगलागी हुँदा १५० बाख्रा र अरू सामान गरी करिब २० लाख रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ ।
बुधबार बिहान चितवनको खैरहनी नगरपालिका–८, पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा दुवै पसलका सरसामान जलेर करिब ३० लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।
मंगलबार राति सर्लाहीको कबिलासी नगरपालिका–८, अगर्वा टोलस्थित कबिलासी–९ बस्ने सुरज यादवको पराल कुन्यूमा आगलागी हुँदा करिब ४० हजार रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।