प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच भेटवार्ता

समाचार शेयर गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ।

आज दिउँसो सिंहदरबारमा प्रचण्ड र नेपालबिच भेटवार्ता भएको हो। एकीकृत समाजवादी पार्टीभित्र देखिएको असहमतिको कारण सरकारमा जाने वा नजानेमा अलमलमा छ।

त्यस्तै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने समय नजिकिदै गर्दा अध्यक्ष नेपालसँगको भेटलाई महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री दाहाललाई विश्वासको मतमा सहमति वा असहमति जनाउने भन्ने विषयमा पनि अध्यक्ष नेपालको पार्टीले कुनै निर्णय गरिसकेको छैन।

भेटमा समसामयिक विषयमा कुरा हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *