पथलैया–वीरगञ्ज औधोगिक करिडोरको सिमरास्थित जगदम्बा स्टिल अगाडि बुधवार राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आइरहेको ना २० प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा पथलैया घर भएका २४ वर्षिय मनोज मल्लिकको मृत्यु भएको हो । बुधवार राती अबेरसम्म परिचय नखुलेका मल्लिकको शव बिहिबार बिहान परिवारको जिम्मा लगाएको मधेश प्रदेश ट्राफिक
प्रहरी कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन् ।