सन्दीपको पेसी आज पनि उनकै कानुन व्यवसायीबाट स्थगित

नेपाली क्रिकेट टिमका पूर्वक्याप्टेन सन्दीप लामिछानेको उच्च अदालत पाटनमा रहेको पुनरावेदनको पेसी स्थगीत भएको छ। लामिछानेका कानुन व्यवसायीबाट नै पेसी स्थगित गरिएको हो ।

लामिछानेलाई जबरजस्ती करणी मुद्दा जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्धको पुनरावेदनमा पेसी स्थगित भएको हो ।

पेसी न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा तोकिएको थियो ।

यसअघि दुई पटक पेसी तोकिएको थियो । एकपटक लामिछानेकै कानुन व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो । दोस्रो पटक भने इजलासको समय अभावका कारण सुनुवाइ हुन सकेको थिएन ।

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । उनलाई कत्तिक १८ गते जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुई पटकभन्दा बढी कानुन व्यवसायीबाट नै पेसी स्थगित गर्न पाइँदैन ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like