सभामुखको निर्वाचन माघ ७ मा गर्ने तयारी

संघीय संसद्को सभामुख र उपसभामुखको निर्वाचन आगामी माघ ९ गतेभित्र गर्ने विषयमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्न सहमति भएको हो।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न सर्वदलीय बैठकमा लगभग सहमति जुटेको बताए। लेखकले माघ ७ गते सभामुख र माघ ९ गते उपसभामुखको निर्वाचन गर्ने विषयमा सहमति जुटेको बताए।

संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बोलाइएको छ। बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like