कांग्रेस संसदीय दलको बैठक सुरु

समाचार शेयर गर्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।

आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक करिब एक घण्टा ढिलो सुरु भएको छ ।बैठकमा संसद् बैठक, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि दलको बैठक बसेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको