नेपाल टी–२० लिगः जनकपुरलाई हराउँदै लुम्बिनी फाइनलमा

समाचार शेयर गर्नुहोस्

लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनीले उपाधि होडलाई कायमै राखेको हो ।

त्रिवि मैदानमा लुम्बिनीले दिएको १४४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रनमा समेटिएको हो । जनकपुरका लागि समिउल्लाह सिन्वारीले सर्वाधिक ४५ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पवन सर्वाफ ३० रनमा अविजित रहे ।

बलिङतर्फ लुम्बिनीका कप्तान दीपेन्द्रसींह ऐरी, विपुल शर्मा, सागर ढकालले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १४३ रन बनाएको थियो । लुम्बिनीका लागि ईशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । साथै  अनिल शाहले २४ रन, विपुल शर्मा २० रन तथा  श्याड्ली भान १७ रनमा अविजित रहे ।

जनकपुरका सोमपाल कामी, जितेन्द्र मुखिया र अशन प्रियन्जनले दुई–दुई विकेट लिए ।

अब पराजित जनकपुरले क्वालिफायरमा भने मौका पाउनेछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको यस प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेडको सहभागीता रहेको छ । विजेता टोलीले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेताले ३० लाख नगद प्राप्त गर्ने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको