संसद प्रतिपक्ष बिहिन

समाचार शेयर गर्नुहोस्

पुस २६ , काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिँदा २६८ मत मात्रै पाए।

जम्मा २७५ जना सांसद रहेको प्रतिनिधिसभा प्रचण्डले विश्वासको मत लिँदा २७० जना सांसद उपस्थित थिए।

जसमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विश्वासको मतको विपक्षमा मतदान गरे।

त्यस्तै प्रतिनिधिसभाको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले पनि प्रचण्डलाई मतदान गरेनन्।

त्यस्तै प्रचण्डले विश्वासको मत लिँदा कांग्रेस सांसदहरु मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत संसदमै उपस्थित थिएनन्।
अर्कातिर कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले उनले मतदान गर्न पाएनन्।

प्रचण्डले पाएको मत इतिहास रच्ने किसिमको रहेको बिष्लेषकको दाबी छ । साथै सत्तापक्ष मात्र हुँदा अनियमितता र भ्रष्टाचार झनै बढ्ने आशँका पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको