नेप्से परिसूचक: २१४९.३९ को विन्दुमा झर्‍यो

धितोपत्र कारोबार हुने साताको अन्तिम बिहीबार सेयर बजारमा करेक्सन आएको छ।

बजार आज ४१.०४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २१४९.३९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.८९ अंकले घटेर ४११.२५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर साढे ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

बजार जानकार निमानन्द कँडेल छोटो समयमै करिब २५० अंकले बढेको बजारमा आज करेक्सन आएको बताउँछन्। ‘बजारले करेक्सन खोजिरहेको थियो’, उनले भने, ‘विगतमा पनि गुड न्युज आएको बेला बजारमा केही करेक्सन आएको इतिहास छ।’

कँडेलले तल्लो विन्दुमा किनेका लगानीकर्ताहरुले आज नाफा बुक गरेको बताउँछन्। ‘यो करेक्सन आवश्यक थियो’, उनले भने, ‘हिजो बजार बढ्दै गर्दा पस्न नपाएका लगानीकर्तालाई बजारमा पस्ने अवसर पनि हो।’

बजार करेक्सनहुँदै अगाडि बढ्ने कँडेल बताउँछन्। ‘नयाँ सरकार गठन भएसँगै पुँजीबजारलाई सकारात्मक प्रभाव पार्ने राम्रा खबरहरु पनि आइरहेका छन्’, उनले भने, ‘त्यसैले केही करेक्सनपछि बजार लयमा फर्किन्छ।’

सक्रिय लगानीकर्ता दिलेन्द्र पाण्डे आजको बजार घटाइलाई नाफा बुकको रुपमा लिन्छन्। ‘नयाँ सरकार गठनसँगै बजारमा सकारात्मक प्रभाव पर्ने आशाले लगानीकर्ताले सेयर खरिद गरेर बसेका थिए’, उनले भने, ‘ब्याजदर घट्ने समाचार आउँदा त्यतिबेला सेयर खरिद गरेर बसेकालाई राम्रै फाइदा भएकोले आज नाफा बुक भएको हो।’अब केही दिनको करेक्सनपछि बजार फेरि लयमा फर्किने पाण्डेको भनाइ छ। ‘किनकि खरिदका लागि ब्याजदरको प्रभाव अब देखिँदै जानेछ र बजार माथिल्लो लय फर्किनेछ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने बाँकी सबै समूहमा रातो पोतिएको छ।

यो दिन व्यापार समूह ०.६६ प्रतिशतले उकालो लागेको छ।

आज वित्त समूह सर्वाधिक ३.७० प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ३.०१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.०६ प्रतिशत, विकास बैंक समूहमा २.४१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६२ प्रतिशत, जलविद्युत समूहमा २.२४ प्रतिशत, जीवन बीमा समूहमा २.८१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.५४ प्रतिशत, लघुवित्त समूहमा १।९१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९० प्रतिशत, निर्जीवन बीमा समूहमा २.४९ प्रतिशत र अन्य समूहमा १.३९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २५२ कम्पनीका १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक २२ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको १७ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको आज ङादी ग्रुप पावरको १६ करोड ९४ लाख रुपैयाँ, अपी पावरको १४ करोड ४ लाख रुपैयाँ, अपर तामाकोशीको १२ करोड ८४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले १२ करोड ७८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड ३५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १० करोड ३८ लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ५२ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like