जिपको ठक्करबाट एक जनाकाे मृत्यु

अर्घाखाँचीको सितगंगा नगरपालिका-४ मा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन् । घाइते भएका नेपालीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको हो ।

भेडामारेबाट अमराई तर्फ आउँदै गरेको लु ३ च ३३२० नम्बरको जिपले नेपालीलाई बिहीबार बिहान साढे ९ बजे ठक्कर दिएको हो । ठक्कर दिने जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like