चोभारमा कार दुर्घटनाको तीन दिनपछि फेला पर्‍यो शव

समाचार शेयर गर्नुहोस्

काठमाडौंको चोभारस्थित पुलबाट तीन दिनअघि नदीमा खसेको कारमा सवार पुरुष मृतावस्थामा फेला परेका छन् । दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बस्दै आएका ४७ वर्षीय राजकुमार खत्रीको शव फेला परेको हो ।

गएको सोमबार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार बा५च ५६५४ नम्बरको कार चोभारको पुलबाट वाग्मती नदीमा खसेको थियो ।

प्रहरी परिसर ललिपुरका एसपी प्रविण पोखरेलका अनुसार अम्बिकाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनापछि उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।कार पुलबाट करिब १५० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको