आज मन्त्रिपरिषद्को बैठक बस्दै

समाचार शेयर गर्नुहोस्

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नियमित छलफल हुने प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

आजको बैठकमा जनमत पार्टीलाई यसअघि दिने सहमति भएको मन्त्रालय र त्यसो नहुँदा उत्पन्न असन्तुष्टि कसरी सम्बोधन गर्ने भन्ने ’boutमा कुराकानी हुन सक्ने एक मन्त्रीले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने माग जनमत पार्टीको थियो । तर खानेपानी मन्त्रालय दिइएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी जनमत पार्टीले दिइसकेको छ ।

प्रधानमन्त्रीले हिजो सहमत भएकै मन्त्रालय दिने आश्वासन दिएको बताइएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने ’boutमा पनि कुराकानी हुने बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको