नेपाल टी २० लिग ‘स्पट फिक्सिङ’ : दुई खेलाडी मोहम्मद आदिल आलम र मेहबुब आलम प्रहरी नियन्त्रणमा

प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ को आरोपमा दुई जना खेलाडीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेहबुब आलम र मोहम्मद आदिल आलमलाई नियन्त्रणमा लिएको हो।

सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाउने तयारी गरेको छ।

नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like