नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरीहरुको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने बताए । उनले भने,’संसदमा रहेका अरु दलहरुको सहयोग लिएर प्रस्तुत हुन्छौं। फागुन २९ गते राष्ट्रपतिको निर्वाचन नगर्न चलखेल भइरहेको । यो मान्य हुँदैन।’
यस्तै बैठकले नेपाली कांग्रेसले कानुनी अड्चन हटाएर समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेको छ ।
बैठकले राष्ट्रपतिको निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै कानुनी अड्चन हटाएर समयमै निर्वाचन गर्न माग गरेको हो ।
राष्ट्रपतिको निर्वाचनका लागि कानुनी अड्चन देखिएकाले यसलाई समाधान गर्दै समयमा नै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्त महतले जानकारी दिए।
अहिलेको व्यवस्था अनुसार माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड छ।