मुगुमा एकफिट हिउँ जनजीवन कष्टकर

समाचार शेयर गर्नुहोस्

असोजपछि पानी नपरेपछि खडेरीले आक्रान्त भएको मुगु जिल्लाको उच्चहिमाली क्षेत्र र वेसीतिर मंगलबार बिहानदेखी हिउँ लगातार हिउँ पर्न थालेको छ । हिउँ परेपछि जनजीवनमा कष्टकर हुदै गएको छ

मुगुको सदरमुकाम गमगढीमा मंगलबार बिहान देखी लगाातार हिउँ परेपछी हिउ जमेको छ भने,सदरमुकाम गमगढी आसपासका बस्तीहरुमा पनि हिमपात भईरहेको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ । साथै जिल्लाको माथिल्लो क्षेत्रहरु कार्मारोङ गाउँपालिकाको करान भेग, दोल्फु,मुगु, चिताई,किम्री,खारी ,पुअमा पनि हिउँ परिरहेको छ । छायानाथ क्षेत्रमा १ फिट भन्दा वढी हिउँ जमेको कार्मरोङ गाउँ पालिका वडा र्न १ का वडा अध्यक्ष कार्मा तान्डुप लामाले वताए । लगातार हिमपातले चौरी ,गााईहरुलाई चराउन समेत कठीनाई भएकोले गोठमा हुलेर राखेको लामाले बताए ।
त्यस्तै छायानाथ रारा नगरपालिकाका कार्की वाडा, रोवा, पिना,मुर्मा ,रारा,,बाम,,शाोभा , मन्दु, लिउडी लगायतका सबै बस्तीहरुमा बिहानदेखी लगातार हिमपात भएको छ । हिउँ पर्दा जनजीवन चिसोले कष्टकर हुने गरेको छ । सोरु गाउँ पालिका र खत्याडगाउँ पालिकाका लमेरा कोटील्ला,कवा चाकपाडेमा लगाायतका बस्तीहरुमा हिमपात भएको छ । चिसोको कारण सरकारी कार्यलयमा पनि सेवाग्राहीको चाप न्युन रहेको छ । विद्यालय सञ्चालन हुन सकेका छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको