नेपाल टी-२० को स्पट फिक्सिङमा चार व्यवस्थापक नै संलग्न

नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङमा चार फ्रेन्चाइज टिमका व्यवस्थापनकै संलग्नता देखिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार फिक्सिङमा जम्मा १० जनाको संलग्नता देखिएको छ ।
जसमा चार टिम काठमाडौं नाइट्स, बिराटनगर सुपर कि‌ंग्स, जनकपुर रोयल्स र फरवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता देखिएको छ ।

फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीको दाबी छ ।

फिक्सिङमा संलग्न भएको आरोपमा क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर महबुब आलम पक्राउ परिसकेका छन् । दुबैलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अनुसन्धानका लागि ५ दिन म्याद थपिएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like