जसिन्डाको राजीनामापछि क्रिस हिपकिन्स बने न्यूजिल्याण्डको प्रधानमन्त्री

समाचार शेयर गर्नुहोस्

जसिन्डा आर्डर्नको राजीनामापछि क्रिस हिपकिन्स न्यूजिल्याण्डको प्रधानमन्त्री बनेका छन् । राजधानी वेलिङ्टनमा आयोजित एक औपचारिक समारोहमा गभर्नर जनरल सिन्डी किरोले हिपकिन्सलाई शपथ गराएका छन् ।

४४ वर्षीय क्रिस सन् २००८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । प्रधानमन्त्री हुनुअघि उनी प्रहरी, शिक्षा र लोकसेवा मन्त्री थिए । आगामी अक्टोबरमा न्यूजिल्याण्डमा आमनिर्वाचन हुँदै छ।

क्रिसलाई लेबर ककसले औपचारिक रूपमा समर्थन गरेको थियो।प्रधानमन्त्री भएसँगै उनी लेबर पार्टीको नेता पनि बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको