गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्धामा आजदेखि अन्तिम सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज बुधबारदेखि अन्तिम सुनुवाइ हुँदैछ।

अमेरिकी नागरिकता र राहदानी त्याग नगरी नेपाली नागरिकता र राहदानी लिएको भन्दै लामिछानेविरुद्ध मुद्दा परेको छ । यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुन लागेको हो ।

यसअघि रवि लामिछानेलाई सांसद र मन्त्रीको रुपमा शपथ रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेको थिएन । अन्तरिम आदेश जारी नभएपछि रविले सांसद हुँदै उपप्रधान तथा गृहमन्त्रीको समेत शपथ लिइसकेका छन्
लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।

साथै अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरेर नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like